दोलखामा मतगणना स्थगित
खबर एक्सप्रेस
२०७९-०८-१६ ०२:४८ मा प्रकाशित
Total Shares: 218
काठमाडौं-दोलखामा मतगणना स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका– १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।
दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन्।
दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस