लुम्बिनीले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो। लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।
दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८र१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान ६र६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तिनर तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ। यो टोलीले ६ अङ्क बटुलेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस