विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल
खबर एक्सप्रेस
२०८०-०२-२० १०:११ मा प्रकाशित
Total Shares: 51
विराटनगर-मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् ।
शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
बिहान ६ः५० बजेतिर उनी जलिरहेको अवस्थामा भेटिएका थिए । उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।
गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस