काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागेसम्म सहकार्य नगर्ने भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राजनीतिक रुपमा विभाजित भएको नेकपा कानुनी रुपमा समेत फुटेपछि मात्रै भावी सरकारबारे निर्णय गर्ने निष्कर्ष निकालेको हो । जनताले प्रतिपक्षमा बस्न म्याण्डेट दिएको र अहिले नै भावी सरकारबारे निर्णय गर्नु अर्थहिन हुने नेताहरुले बताएका छन् ।
नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधबार देउवासँग भेटेका थिए । भेटमा प्रचण्ड-नेपालले सहकार्यका लागि प्रस्ताव गरेका थिए । जवाफमा सभापति देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए। नेकपाको अर्को ओली पक्षले पनि कांग्रेसलाई सरकार सहकार्यका लागि निरन्तर प्रस्ताव गरिरहेको छ।

.gif)


