काठमाडौं - नेपाल सरकारले इरान र इजरायलबीचको विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ ।

इजरायल र इरानबीच जारी द्वन्द्वलाई लिएर परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त देशमा रहेका सबै नेपाली नागरिकहरूलाई परिस्थितिप्रति सतर्क रहन आग्रह गरेको हो ।

नेपालले दुवै पक्षलाई तनाव बढ्नबाट बच्न र शान्ति र स्थिरताको लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेको छ।

‘हालसालै इरान र इजरायल बीचको विकसित घटनाक्रमप्रति नेपाल गहिरो चिन्तित छ। हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं।’ परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालले दुवै पक्षलाई तनाव बढ्नबाट बच्न र शान्ति र स्थिरताको लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गर्दछ। वार्ताका लागि कूटनीतिक माध्यमहरूको प्रयोगले स्थितिलाई तनावमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

दोहा र तेल अभिभमा रहेका हाम्रा नियोगहरू क्रमशः इरान र इजरायलमा रहेका नेपाली समुदायहरूसँग सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।