सुनको मूल्यमा बिहीबार रेकर्ड
खबर एक्सप्रेस
२०८०-०२-१८ १२:४९ मा प्रकाशित
Total Shares: 91
काठमाडौं-सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।
आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस