काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा मंगलबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार पनि सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट आएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँ कायम भएको छ ।