ब्राजिलको अपराजित यात्रा कायमै
खबर एक्सप्रेस
२०७८-०५-२५ ०९:१३ मा प्रकाशित
Total Shares: 230
काठमाडौं - फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले अपराजित यात्रा कायम गरेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २-०को जित दर्ता गरेको हो ।
ब्राजिलको जितमा एभर्टन रिवरियो र नेयमारले एक/एक गोल गरे । खेलको १५ औं मिनेटमा नेयमारको पासमा एभर्टनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४० औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।
यो जितसँगै शिर्षस्थानमा रहेको ब्राजिलले ८ खेलबाट २४ अंक जोडेकाे छ । पराजित पेरु भने ९ खेलमा ८ अंक जोडेर सातौँ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस