काठमाडौं उपत्यकामा ५३ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०४-१३ ०४:५९ मा प्रकाशित
Total Shares: 348
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४८ जना, भक्तपुरमा १ र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यासँगै उपत्यकामा संक्रमितको संख्या ४७६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस