काठमाडौं - बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको उक्त ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक आएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा ४ लाख भन्दा बढीले 'डिसलाइक' गरेका छन् । हालसम्म ट्रेलरमा ४५ हजार लाइक आउँदा डिसलाइकको संख्या ४ लाख ५४ हजार बढी पुगेको हो । नायक सुशान्त सिंह राजपुतको निधनपछि नेपोटिज्मको मारमा परेकी आलियाको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । त्यसको प्रत्यक्ष असर ‘सडक २’ को ट्रेलरमा देखिएको छ ।

महेश भट्टको निर्देशनमा तयार भएको चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ । यो चलचित्र अगष्ट २८ मा रिलिज हुँदैछ ।

ट्रेलर-