काठमाडौं  - लाजिम्पाटमा रहेको एभरेष्ट बैंकको कर्मचारीमा कोरोना भाइरस देखिएको छ ।

दूईजना कर्मचारीमा कोरोना देखिएसँगै बैंकको केन्द्रिय कार्यलय २ दिनको लागि सिल गरिएको छ । सोही बैंकको कपिलवस्तु र लुम्बिनी शाखामा कार्यरत थप दुई कर्मचारीमा पनि कोरोना भाइरस देखिएको छ ।

अहिले बैंकका सबै कर्मचारीलाई आईशोलेसनमा राखी कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।