एउटै फिल्ममा देखिँदै प्रभाष र दीपिका
खबर एक्सप्रेस
२०७७-०४-०४ ०३:३१ मा प्रकाशित
Total Shares: 485
नयाँदिल्ली - साउथ फिल्मका सुपरस्टार भनी चिनिने बलिउडका प्रभावशाली अभिनेता प्रभाष दीपिका पादुकोणसँगै अभिनय गर्ने भएका छन् ।
नाग अश्विनले बनाउन लागेको फिल्ममा उनीहरु एउटै पर्दामा देखिने भएका हुन् । यसअघि पनि प्रभाषका शुभचिन्तकहरुले बलिउडका चर्चित अभिनेत्रीहरुसँग अभिनय गर्न सुझाव र सल्लाह दिने गरेका थिए ।
निर्देशक अश्विनको नयाँ फिल्म ‘महानती’मा प्रभाष र दीपिका सँगै अभिनय गर्ने भएका हुन् । वहुचर्चित फिल्म ‘बाहुबली’बाट चर्चामा आएका प्रभाषले उक्त फिल्म रिलिज भएपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।
हाल बलिउडकी चर्चित अभिनेत्री दीपिकासँगै फिल्ममा काम गर्ने समाचार आएपछि प्रभाषका प्रशंसकहरुले शुभकामना दिन थालेका छन् ।
फेसबुक पेज Like गर्नुहोस