काठमाडौं - सरकारले २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले प्रधानमन्त्री कार्यालयका निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

गुरुङका अनुसार बैठकले बाढी पहिरोमा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।