चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने भन्दै खोपको अभाव हुन नहुने बताएका हुन्। ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ। सबैलाई निःशुल्क खोप लगाउने हो। अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ,’ देउवाले भने।
नेपालमा हालसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन्। सरकारले असोजभित्र कूल जनसंख्याको एकतिहाइलाई खोप लगाइसक्ने भनेको थियो।
फेसबुक पेज Like गर्नुहोस