प्रधानमन्त्री ओलीद्वारा साइप्रसमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त
खबर एक्सप्रेस
२०७७-०१-१० ०५:५३ मा प्रकाशित
Total Shares: 282
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
भारत र चीनलाई धन्यवाद
यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस