काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना नयाँ कोरोना संक्रमित थपिए
खबर एक्सप्रेस
२०७७-०७-०३ ०४:२९ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस