काठमाडौं - सरकारले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार, राहतमा विशेष ध्यान दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्राकृतिक विपद्बबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने निर्णय गरेको हो ।

तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको बैठकमा सहभागि एक सदस्यले बताए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायको सहभागीता थियो । 

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए। बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु,३६ जना बेपत्ता र २६ जना घाइते छन्।