कीर्तिपुरमा साथी-साथीबीचको विवादले गयो युवकको ज्यान
काठमाडौं - काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ ।
आज दिउँसो काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको हो ।
साथीबीचको सामान्य विवादले उग्ररुप लिँदा विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।
हतियार प्रहारपछि गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ ।
उनले भने- 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसक्यो चाँडै पक्राउ पर्ने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस