काठमाडौं - नेपालका सिनेमा हलमा आज एकैसाथ दुईवटा फिल्म प्रर्दशनमा आएका छन्, नेपाली फिल्म 'मारुनी' र बलिउड फिल्म 'साहो'।

साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित फिल्म 'मारुनी' लाई नवल नेपालले निर्देशन गरेका हुन्। पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको मारुनीमा साम्राज्ञीसँगै पुष्प खड्का, रेविका गुरुङ,  आयुष प्रधान, अर्जुन श्रेष्ठ, बिनोद भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन्। त्रिकोणात्मक प्रेम   कथामा निर्माण भएको यस फिल्ममा पुनम  गौतमको लगानी रहेको छ।

फ्राइडे रिलिजमा नेपाली फिल्म 'मारुनी' र बलिउड फिल्म 'साहो' को भिडन्त 

त्यस्तै बलिउडको बहुप्रतिक्षित फिल्म 'साहो' पनि आजबाट प्रर्दशनमा आएको छ। फिल्ममा प्रभाससँगै  अभिनेत्री श्रद्धा कपूर मुख्य भूमिकामा छिन्। यस अघि प्रभासले 'बाहुवली' र 'बाहुवली २' लगायतका हिट फिल्म दिइसकेका छन्। सुजितको निर्देशन तथा लेखन रहेको साहोमा प्रभास र श्रद्धासँगै ज्याकी श्राफ, मुरली शर्मा, अर्जुन विजय लगायतका कलाकारले अभिनय गरेका छन्।