कोरोना सङ्क्रमणका कारण जनकपुरका पूर्व मेयर गिरीको मृत्यु
काठमाडौं - कोरोना सङ्क्रमणका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु भएको छ।
गिरीको राजधानी काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मङ्गलवार राति १२ बजेतिर मृत्यु भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
जनकपुरमा नै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई हेलिकप्टर चार्टर गरी काठमाडौँ लगिएको थियो ।
जनकपुरको मिल्स एरियामा रामा होटेल सञ्चालन गर्दै अाएका गिरीलाई १५ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
७४ वर्षका गिरी मधुमेह, मुटु रोगी समेत रहनु भएको थियो । लामो समयदेखि उक्त रोगको उपचार गर्दै अाएका उनले नियमित औषधि पनि सेवन गरिरहनु भएको थियो ।
गिरी २०४२ सालदेखि चार वर्षसम्म जनकपुरको मेयर बनेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस