नेपालमा थप १ हजार १११ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-११ ०४:४० मा प्रकाशित
Total Shares: 307
काठमाडौं - नेपालमा थप १ हजार १११ जनामा कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकारसम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् ।
त्यस्तै, डा. गौतमले हालपछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएको जानकारी दिएका छन् । यससँगै कूल डिस्चार्ज हुनेहरुको संख्या २० हजार ७३ पुगेको छ ।
थपिएका संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
फेसबुक पेज Like गर्नुहोस