काठमाडौं, धनगढी - बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयका एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको बताइएको छ ।

उनै अभियुक्त भागरथीको न्यायको लागि भएको प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ।

सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।

तर, प्रर्दशनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो। 

मृतक भागरथीका परिवारले समेत उनीमाथि आशंका गरेका कारण निगरानी बढाएको प्रहरीले अन्ततः उनैले बलात्कारपछि भागरथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ। 

प्रहरीले उक्त युवकलाई आज नै सार्वजनिक गर्ने बताएको छ ।