‘भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, मेरा याद आउनेहरु सबै भत्काइदेऊ’
खबर एक्सप्रेस
२०७८-०४-२५ ०६:११ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना याद आउने सबै योजना भत्काइदिन चेतावनी दिएका छन् ।
एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा ओलीले गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथिसमेत प्रश्न उठाएका छन्।
उनले आफ्ना याद आउने सबै योजना भत्काइदिन चेतावनी दिए । ‘भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक र पूल तथा विमानस्थलहरु, मेरा याद आउनेहरु सबै भत्काइदेऊ ।’ ओलीले भने ।
साझा नीति कार्यक्रमको मूल प्रस्तावना नै हामीमाथिको गालीबाट सुरु भएको उनले बताए । एक महिनासम्म पनि सरकार गठन हुन नसकेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।
फेसबुक पेज Like गर्नुहोस