एनपीएल-२: जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै पोखरा
खबर एक्सप्रेस
२०८२-०८-१२ ०४:३२ मा प्रकाशित
Total Shares: 53
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।
यसअघि भएको खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पार्दै लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस