मौनअवधि सुरु भएकाले उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिनू : निर्वाचन आयोग
खबर एक्सप्रेस
२०७९-१२-०२ ०३:४९ मा प्रकाशित
Total Shares: 138
काठमाडौं-निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौनवअवधि सुरु भइसकेकाले बैठक, छलफल गरेर निर्णय नलिन दलहरुलाई सचेत गराएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दलहरुलाई सचेत गराएका हुन्।
आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका गतिविधि नगर्न भनेको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस