काठमाडौं - बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरलाई धम्क्याएको आरोपमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।

बस्नेतलाई केहीबेर पहिले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहार मुद्दामा आइतबार महानगरीय प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। बस्नेतले युट्युब च्यानलको अन्तर्वार्तामा आफूसँग सपनाका नग्न तस्बिरहरू पेन ड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्कीसमेत दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेत सँगै बस्थिन्।