पर्सा र बारामा २६ जना संक्रमित थपिए
खबर एक्सप्रेस
२०७७-०५-२१ ०१:३३ मा प्रकाशित
Total Shares: 407
वीरगन्ज - पर्सा र बारामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ५ सय १० जनाको स्वाब नमूना परीक्षणमा पर्साका २४ र बाराका २ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार संक्रमितमध्ये पर्साको वीरगन्ज महानगरपालिकाका २२ जना, जगरनाथपुर र कालीकामाई गाँउपालिकाका १/१ जना रहेका छन् ।
योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ९१ पुगेको छ।
यस्तै, बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
फेसबुक पेज Like गर्नुहोस