आर्सनलले न्युक्सासललाई हरायो
खबर एक्सप्रेस
२०७८-०८-१२ ०९:५३ मा प्रकाशित
Total Shares: 246
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन बुकायो साकाले ५६ औं मिनेटमा र गाब्रियल मार्टिनेलीले ६६ औं मिनेटमा गोल गरे ।
जितसँगै आर्सनल १३ खेलमा २३ अंकसहित पाँचौं स्थानमा रहेको छ । न्युकासल ६ अंकसहित पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस