चितवनमा हेटौंडाका कोरोना संक्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१६ ०९:५३ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुष मृत्यु भएको हो ।
अस्पतालका अनुसार ती पुरुषको उपचारको क्रममा मंगलबार विहान २:५२ बजे मृत्यु भएको हो । कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
उपचारका लागि भदौ १४ गते चितवन मेडिकल कलेज ल्याइएका उनमा सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस