अमेरिकी डिभि चिठ्ठाकाे नतिजा मिति सर्यो
काठमाडौं - अमेरिकाले कोरोना भाइरसको महामारीका कारण डाइभर्सिटी भिसा (डिभी)को नतिजा मिति सारेकाे छ ।
अमेरिकी विदेश मन्त्रालयले एक सूचना जारी गर्दै डिभीको परिणाम यो वर्ष पूर्व निर्धारित मितिभन्दा एक महिना ढिलो सार्वजनिक हुन जनाएको छ ।
जसअनुसार वर्षको डिभि नतिजा जुन ५ (जेठ २३) मा सार्वजनिक हुने छ । पूर्व घोषित मितिअनुसार डिभी प्रारम्भिक परिणाम मे ५ (वैशाख २३) मा हुनुपर्ने हो।
स्टेट डिपार्टमेन्टका अनुसार स्रोध साधन कोरोना भाइरस समाधान गर्न केन्द्रित भएका कारण चिट्ठा परिणाम एक महिना पर सारिएको जनाइएको छ । यद्यपी, नतिजा सार्वजनिक हुन ढिलो भए पनि अमेरिकाका जान लिइने अन्तर्वार्ता पूर्व निर्धारित मितिमै हुने छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार डिभी परे र नपरेको थाहा पाउन आधिकारिक वेबसाइटबाट मात्र परिणाम जाँच गर्नुपर्ने हुन्छ। त्यसका लागि ठेगाना https://dvprogram.state.gov/ रहेको छ।
आगामी अक्टोबर १ देखि डिभी विजेताहरुको अन्तर्वार्ता सुरु हुनेछ।
फेसबुक पेज Like गर्नुहोस