अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-२० ०६:५५ मा प्रकाशित
Total Shares: 277
सोलुखुम्बु - जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको अकालमा मृत्यु भएको छ ।
महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए ।
उनका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा मृत्यु भएको हो ।
फेसबुक पेज Like गर्नुहोस