बाजुरा - बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका- ९ ताम्सुमा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अविरल वर्षापछि ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।
मृत्यु हुनेमा त्रिबेणी नगरपालिका- ९ का कर्ण थापाकी छोरी २० वर्षीया प्रतीक्षा थापा हुन् । त्यस्तै सोही ठाउँका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौली देवी रावत घाइते भएका छन् ।

.gif)


