काठमाडौं माहानगरपालिकाद्धारा करार सेवामा कर्मचारी माग
खबर एक्सप्रेस
२०७९-०८-२० ०१:०८ मा प्रकाशित
Total Shares: 178
काठमाडौं - काठमाडौं माहानगरपालिकाले करार सेवाको लागि कर्मचारी माग गरेको छ । माहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
माहानगरपालिकाले सम्पादन गर्ने पुर्वाधार सम्बन्धी कामका लागि करार सेवामा इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । माहानगरपालिकाले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर लगायतका पदको लागि कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्रमा आवश्यक कागजात सहित कार्यालयमा पेश गर्न सक्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस