काठमाडौं - चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज पदबहाली गर्दैछन् ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली शुक्रबार दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।  भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।