आज प्रतितोला कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?
खबर एक्सप्रेस
२०७८-०९-२९ ११:०० मा प्रकाशित
Total Shares: 161
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस