काठमाडौं - नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ। अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन्।

बुधबार नै एमाले र राप्रपा नेपालबीच पनि चुनावी गठबन्धनबारे सहमति भएको छ । जसअनुसार राप्रपा नेपालले सूर्य चिन्हबाट चुनाव लड्नेछ ।