ब्रुनो पेनाल्टीमा चुक्दा युनाइटेड स्तब्ध
खबर एक्सप्रेस
२०७८-०६-०९ ०८:४९ मा प्रकाशित
Total Shares: 297
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । शनिबार साँझ भएको खेलमा युनाईटेड एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो।
युनाईटेड पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु मैदान ओल्ड ट्राफोर्डमै पराजित भएको हो ।
खेलमा एस्टनका कोर्टने हाउसले ८८ औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा युनाईटेड पराजित भयो ।
जितसँगै एस्टनले ६ खेलमा १० अंक जोडेको छ । एस्टन सातौं स्थानमा रहेको छ । युनाईटेडले ६ खेलमा १३ अंक जोडेको छ । युनाईटेड चौंथो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस