काठमाडौं - इंग्ल्यान्डले युरोकपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । 

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु हुने युरोकपका लागि ह्यारी केनको कप्तानीमा २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट जेसे लिंगार्ड, जेम्स वार्ड, ओली वाट्कीन्स, मासन ग्रीनउड, बेन गोडफ्रे, बेन व्हाइट र आरोन राम्सडेल बाहिरिएका छन् । 

इंग्ल्यान्ड युरोको समूह डी मा रहेको छ । इंग्ल्यान्डको समूहमा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् ।

राष्ट्रिय टोली :-

गोलरक्षक: डीन हेन्डरसन, साम जोन्सटन, जोर्डन पिकफर्ड

डिफेन्डर: ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बेन चिल्वेल, कनर कोडी, रिस जेम्स, ह्यारी मगाएर, टाइरन मिन्ज्स, लुक शा, जोन स्टोन्स, काइरान ट्रीपिएर, काइल वाल्कर

मिडफिल्डर: जुड बेलिंघम, फिल फोडेन, ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, बुकायो साका, जेडन सान्चो,

फरवार्ड: डोमिनिक काल्भर्ट लेविन, ह्यारी केन, मार्कस रासफर्ड, रहिम स्टर्लिङ