एनपीएल : संकटमा लुम्बिनी लायन्स, ५ ओभरमा २८ जोड्दा गुमायो ५ विकेट
खबर एक्सप्रेस
२०८१-०८-२२ ११:४७ मा प्रकाशित
Total Shares: 117
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा लगातार विकेट गुमाउँदै गएपछि लुम्बिनी लायन्स संकटमा परेको छ ।
टीयु क्रिकेट मैदानमा १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ५ ओभरमा २८ रन जोड्दा ५ विकेट गुमाएको हो ।
लुम्बिनीले १९ रन बनाउँदा ५ विकेट गुमाउनुपरेको थियो।
पहिलो ओभरमै ओपनर अर्जुन साउद र उन्मुक्त चन्दलाई गुमाएको लुम्बिनीले क्रमशः कप्तान रोहित पौडेल, टम मुरेज र साद बिन जफरको विकेट गुमाएको हो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ३ र स्कटले २ विकेट लिएका छन्। सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस