साउन १५ देखि होटल,रेस्टुरेन्ट खोल्न दिने सरकारको निर्णय
खबर एक्सप्रेस
२०७७-०४-०६ ०७:२३ मा प्रकाशित
Total Shares: 487
काठमाडौं - सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । भदौ १ देखि यात्रुबाहक सवारीसाधनहरु लामो तथा छोटो दूरीमा र अन्तर्जिल्ला तहमा सञ्चालन गर्न पाइने निर्णय भएको छ ।
फेसबुक पेज Like गर्नुहोस