कोभिड-१९ बाट थप आठ जनाको मृत्यु, मृतक संख्या १४६ पुग्यो
खबर एक्सप्रेस
२०७७-०५-०६ ०४:३४ मा प्रकाशित
Total Shares: 352
काठमाडौं - नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ। विगत २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित फेला परेको र कुल सङ्क्रमितहरूको सङ्ख्या ३१, ११७ पुगेको छ।
अहिले देशभरि १२,६२१ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी शनिवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस