रोमान्चक खेलमा हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स
खबर एक्सप्रेस
२०७८-०३-०५ ०९:०८ मा प्रकाशित
Total Shares: 309
काठमाडौै,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्स बराबरीमा रोकिएको छ ।
नेपाली समयानुसार शनिबार भएको समूह चरणको दोस्रो खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता घरेलु टिम हंगेरीले बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ६६ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह ‘एफ’को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस