काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । सो खेल ४ः४५ बजे सुरु हुनेछ । लिगमा 'ए'डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।