काठमाडौं - दक्षिण भारतीय तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको नयाँ सिनेमा 'दरबार'ले रिलिज अगावै १८० करोड भारू कमाएको छ।
सिनेमाले भारत र विदेशको थिएट्रिकल, संगीत, तथा टिभी अधिकार बेचर उक्त रकम कमाएको हो। तमिल, तेलेगु, मल्यालम तथा हिन्दीमा गरी चार भाषामा एकसाथ रिलिज हुने सिनेमालाई लिएर दक्षिण भारतमा विशेष उत्साह देखिएको छ।
झण्डै २५० करोड भारूको बजेटमा तयार भएको सिनेमामा निर्देशक एआर मुर्गादोशका कारण पनि चर्चामा छ। 'गजनी', 'होलीडे' तथा 'अकिरा' जस्ता सिनेमा बनाएकाले पनि 'दरबार'लाई लिएर दर्शकमा उत्साह छ।

.gif)


