कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०२-०८ ०५:२१ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - गत २४ घण्टामा १ सय २९ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने र निको हुनेको संख्या बराबर जस्तै देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५ सय ११ र ७ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ८९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
फेसबुक पेज Like गर्नुहोस