काठमाडौं,एजेन्सी - स्वास्थ्य समस्या देखिएपछि ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पतालमा आराम गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनको कोलोनमा ट्युमर देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

६ दिन अगाडि अस्पताल भर्ना भएका उनको कोलोनबाट ट्युमर निकालिएपछि आराम गरिरहेका छन् ।