एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ
खबर एक्सप्रेस
२०७८-०८-२७ ०६:१२ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।
मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस