काठमाडौं - भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकामध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका थप १३ जनाको शव आइतबार सुरुङभित्र फेला परेको छ ।
आयोजनाको अडिट–३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र नेपाली सेना र प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोलीले थप १३ शव फेला पारेको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार खोजीका क्रममा कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा शव भेटिएका हुन्। यससँगै अडिट–३ क्षेत्रबाट मात्रै निकालिएको शवको संख्या ३७ पुगेको छ।
अडिट–३ बाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ। मृतकको सनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले परिवार तथा आफन्तलाई आग्रह गरेको छ।

.gif)


