काठमाडौं - र्‍यापर भिटेन उर्फ समिर घिसिङको नयाँ गीत 'पारा' संशोधनपछि पुनः रिलिज गरिने भएको छ।

गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी माग्दै संशोधनसहित पुन भिडिओ सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।’