काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा टोटनहमलाई १–० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । 

सिटीलाई उपाधि दिलाउन एम्रिक लापोर्टेले एकमात्र निर्णायक गोल गरे । खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा उनले गोल गरेका थिए । 

यससँगै सिटीले आठौं पटक काराबाओ कपको उपाधि जित्दै सर्वाधिक विजेता लिभरपुलसँग बराबरी गरेको छ । सिटीले लगातार चौथो सिजन काराबाओ कप जित्दै कीर्तिमान पनि बनाएको छ ।